तोलामा १३ सयले घट्यो सुनको मुल्य

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा निन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १३ सयले घटेको हो । बुधबार तोलामा तीन सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३३० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close