फेरि बढ्यो सुनको मूल्य

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाले बढेको हो ।

मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज पनि चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य ११ सय ६० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close