
भाईरल गीतहरुले बजार तताईरहेको समयमा शिशिर भण्डारीको शव्द तथा सँगीत रहेको फोटो फिरिममा गीतले सबैको माया पाईरहेको छ । गीतको भ्युज बिस्तारै करोड क्लव तिर लम्किदै छ । त्यसो त फोटो फिरिममाका् महिला भर्सन अर्थात रचना रिमालको आवाजमा रहेको गीतले १ करोड दर्शकहरुको माया पाईसकेको छ । रचनाको आवाज रहेको गीतलाई हालसम्म १ करोड १२ लाख माथिले हेरेका छन् ।
प्रताप दासको आवाजमा रहेको गीतको भिडियोलाई धने दर्शकहरुले अत्याधिक मन पराएका छन् । गीतमा माया र धोकालाई समेट्दै शिशिर भण्डारी र रिस्ता बस्नेतले बजोड अभिनय गरेका छन् । गीत हेरेर धेरैले रोएको कमेन्ट गरेका छन् । शिशिर भण्डारी पागलको अभिनय गर्दै सबैलाई रुवाउन सफल छन् । गीतलाई हालसम्म ६१ लाख भन्दा माथिले हेरेका छन् । भिडियो हेर्नुस