खुकुरी देखाउदै ससुराले धम्क्याएर गरे बुहारीको बलात्कार

झापाको भद्रपुरमा बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ५९ बर्षिय ससुरालाई प्रहरीले प’क्रा’उ गरेको छ।पीडित महिलाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो।भद्रपुर नगरपालिका- ६ की २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले जबरजस्ती करणी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

गत माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई करणी गरेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्।वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै पक्राउगरि जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो

।प’क्राउ परेकामाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराइ झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान प्रहरीले जनाएको छ। हेर्नुस पिडित बुहारी कि दिदीहरुले ले त्यो दिनको घटना जस्ताको त्यस्तै बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close