आरआर क्यापसमा नेकपा ओली समुह र प्रचण्ड नेपाल समुहका कार्यकर्ताबिच झडप, एकको दाँत भाँचियो

काठमाडौं ४ फागुन । नेकपा प्रचण्ड नेपाल समुह र ओली समुहका कार्यकर्ता बिच झडप भएको छ । आज काठमाडौंको रत्न राज्य लक्ष्मी आरआर क्यापसमा नेकपाका दूई कार्यकर्ताबिच दोहोर झडप भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली समुहका कार्यकर्ताले प्रचण्ड नेपाल समुहका कार्यकर्तालाई आक्रमण गरेपछि दुई समुह बिच दोहोरो झडप भएको प्रहरीले जनाएको छ ।

दुई समुहबिच के कारणले झडप भएको र के कति क्षति भयो भने आधिकारिक पुष्टि नभएको प्रहरीले जनाएको छ । उक्त झडपमा परी दाहाल–नेपाल समूहका एक जना विद्यार्थी घाइते भएका छन् । जानकारी अनुसार कुटपिटमा परी दाहाल–नेपाल समूहका दीपक बस्नेतको दाँत भाँचिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close