
काठमाडौँ । गएराती सम्पन्न खेलमा लिभरपुलले आरबी लेइपजीलाइ २–० ले हराएको छ । लिभरपुललाई जीत दिलाउन मोहमद शलाह र साडियो मानेले एक–एक गोल गरे ।
त्यस्तै गएराती नै सम्पन्न अकोर्ए खेलमा पेरिस सेन्ट जर्मेनका फरवार्ड लियान एम्बाप्पे चम्किँदा लियोनेल मेस्सीको क्लब बासर््िलोना पराजित हुन पुगेको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ को खेलको पहिलो लेगमा पीएसजीले बार्सिलोनाको पोष्टमा गोलको वर्षा गर्दै ४–१ गोलअन्तरले विजयी भएको हो । एम्बाप्पेले ह्याट्रिक गर्दै क्लबलाई शानदार जित दर्ता गराउन सफल भए ।
लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गरेपछि मंगलबार राति कुनै कमाल भएन । गएरातीको खेलमा कमाल गरेका एम्बाप्पेबार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने उनी मात्र तेस्रो खेलाडी बन्न सफल भए ।