राजन र सर्मिलाको ‘पान सुपारी’मा सचिन परियारको अभिनय

काठमाडौं । गायक राजन कार्की र गायिका सर्मिला तामाङले ‘पान सुपारी खाम्ला कुटुक्क’ बोलको गीत ल्याएका छन् । उक्त गीतमा गायक कार्की र गायिका तामाङको युगल आवाज रहेको छ भने प्रकाश पराजुली, सूुर्य खड्का, पृतम पोखरेल, रुपी सिंजालीर प्रेमा रानाले पनि आवाजमा साथ थिएका छन् ।

गायिका तामाङको शब्द र गायक कार्कीको संगीतमा उक्त गीत कार्कीकै युट्यूब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । त्यस्तै, गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन् ।

साथै, मोडल लोमश शर्मा, उर्मिला गुरुङ तथा बाल कलाकार सचिन परियार र अग्रता कार्कीको उक्त भिडियोमा अभिनय रहेको छ । माया प्रेमका भावनालाई शब्दमा उठान गरेर गीत र भिडियो ल्याएको गायक राजन कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close