निकै रुचाइएका गायक टंक तिमल्सिनाले ल्याए ‘मैना–३’

काठमाडौं । सांगीतिक क्षेत्रमा निकै रुचाइएका गायक गायिकाको जोडी टंक तिमल्सिना र रेखा जोशीको स्वर रहेको रहेको ‘मैना–३’ सार्वजनिक भएको छ । लामो समयपछि गायक टंकले यो गीत बजारमा ल्याएका हुन । यसअघि पनि ‘मैना’ गीतमार्फत चर्चा बटुलेका गायक गायिकाको यो जोडीको गीत सबैले मनपराउने अपेक्षा निर्माण पक्षले राखेको छ । रमेश पन्त पिल्कोटीको शब्द तथा गायक टंककै संगीत र एरेन्ज रहेको गीतमा पाश्र्व स्वर भने सुरेश राना र तिलक बस्नेतको रहेको छ । गीतमा सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ भने मादल वाद्यवादक खड्ग गर्वुजाको रहेको छ । गीतमा गोपाल देवले बासुरीमार्फत मिठोधुन दिएका छन ।

गीतको भिडियोमा विक्रम चौहानले निर्देशन गरेका हुन, भने गीता ढुंगाना, जिबि चिरन, अभिशेख खड्का लगायतको अभिनय छ । प्रकाश खड्काले खिचेको भिडियो लक्ष्मण चौहानले सम्पादन गरेका हुन । गीत सार्वजनिक भएको जानकारी गायक टंकले भने आफैले एरेन्ज गरेको यो पहिलो गीत भएको बताएका छन । उनले भने, ‘करिब डेढ वर्षअघि मैले एरेन्ज सुरु गर्न लाग्दा लाग्दा मैना १ र २ धेरैले मनपराएका थिए । सोही अनुरुप त्यसको भाग ३ निकाल्ने क्रममा जानी नजानी आफैले एरेन्ज गर्ने क्रममा मैना ३ एरेन्ज गरेको छु ।’ गीतको भिडियो करिब आठ महिना अगाडि छायांकन सकाएर प्राविधिक कारणले रिलिज गर्न नपाएको भन्दै उनले भने, ‘मैना ३ को लगन योबेला जुरेको रहेछ र त तपाईमाझ यो भिडियो सुम्पिएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close