स्विच थिच्न तीन मन्त्री र एक पूर्वमन्त्री पुगे मेलम्ची

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा सोमबार मन्त्रीहरुको भीड लाग्यो । खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर गाडीका लस्कर लगाउादै मुहानस्थल पुगे ।

आयोजनाको मुख्य सुरुङमा पानी छाड्न स्विच थिच्न काठमाडौदेखि तीन मन्त्री मेलम्ची पुगेका हुन् । पहिला खानेपानी मन्त्री थापाले कन्ट्रोल कक्षको स्विच थिचे । पछि दुई मन्त्रीले पनि स्विच थिचेरै उद्घाटनको औपचारिकता पूरा गरे ।

अस्थायी डाइभर्सनबाट सुरुङ मुख्य गेटसम्म २ सय ७० मिटरमा पानी पठाउन तयार पारिएको स्विच थिच्न मन्त्रीहरुबीच ठेलमठेलझै देखियो । तीन मन्त्री मात्र होइन पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले पनि स्विच थिच्न बिर्सिएनन् ।

राजधानीसँग जोड्ने साढे २६ किलोमिटर मुख्य सुरुङमार्गमा पानी हालेर पुनः परीक्षण सुरु गरिएको हो । बाँध फुट्ने डरले थोरै दूरीमा मात्र पानी पठाइएको हो । यो पहिलो परीक्षण भने होइन । गत असार २१ को पहिलो परीक्षण प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले स्विच थिचेरै गरेका थिए । तर सोमबारको कार्यक्रम हेर्दा पहिलो पटक नै उद्घाटन गरिएको भान हुन्थ्यो ।

पहिलो परीक्षण क्रममा हेलम्बु १ अम्बाथानस्थित मुहानको मुख्य अडिट ९जिरो चेनेज देखि ८ सय मिटर० मा पानी पठाइएको थियो । तर बाँधको ढोका फुटेपछि परीक्षण रोकियो । खोनपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले स्वतन्त्र विज्ञको सल्लाहअनुरुप प्राविधिक तयारी सकेपछि पुनः परीक्षण गरिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close