सकियो ‘चुरीफुरी’ छायांकन

काठमाडौं । समसामयिक विषयमा ऋषिराज आचार्यले निर्माण गरेको हाँस्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्र करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले जानकारी दिए । आरबि मुभिजको ब्यानरमा रवीन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य ९काकु०, सुवोध गौतम ९एदुमे०, पवन खतिवडा ९म्याकुरी०, सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल ९जोया०, कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जिपी पाठक लगायतका कलाकारको अभिनय गरेको चलचित्र राहुल राईले खिचेका हुन् ।

निर्देशक आचार्यकै लेखन रहेको चलचित्रको निर्मातामा निर्देशक आचार्य स्वयं र रिना ढकाल छन् । सहनिर्मातामा भने विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रको कला निर्देशक विजय आचार्य छन् । कथाको मागअनुरुप नै चलचित्रमा नयाँ तथा हास्यव्यंग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्य बताउँछन् । सौर्य दैनिकमा खबर छ । मोडेल अभिषेक श्रेष्ठले हिरोका रुपमा डेब्यु गरेको ‘चुरीफुरी’ को सम्पादन नवीन निरौलाले गरिरहेका छन् । नवप्रतिभा अडिसनमार्फत छनोट गरिएको बताउँदै निर्देशक आचार्यले ‘चुरीफुरी’ को प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close