
काठमाडौँ – साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा लगभग हजार नेपालीको श्रम स्वीकृति रोकिएको छ ।वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली ९फेमिस० मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपालीको पूर्वश्रम स्वीकृति रोकिएको हो । साउदी दूतावासले सञ्चालनमा ल्याएको अनलाइन प्रणाली विभागको फेमिससँंग सञ्जालीकृत भइ नसकेको जनाउँदै अनलाइन माग नपठाएको दूतावासको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।
“साउदी दूतावास फेमिस प्रणालीमा जान मानेको छैन,” विभागका एक अधिकारीले कारोबारसँग भने, “दर्जन निकाय जोडिएको फेमिस प्रणालीबाट कि पछि हट्नुपर्छ कि साउदी दूतावासले अनलाइनमार्फत नै पठाउनुपर्छ ।”
साउदी अरब दूतावासले भने हालसम्म करिब ३ सयभन्दा बढी मागपत्र सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको र तीमध्ये केहीको सूची इमेलमार्फत नेपाल पठाएको जनाएको छ । यसैगरी करिब ५ सयभन्दा बढी मागपत्र स्वीकृत भई पठाउन बाँकी रहेको जनाइएको छ ।