
काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै अत्तालिएका केपी ओलीले आफ्नो गुटको स्थायी कमिटी बैठक बोलाएका छन् । र्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्नका लागि ओलीले बैठक आव्हान गरेको स्रोतले जनाएको छ ।
केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।