
काठमाडौं – सर्वोच्च अदालतले आफूले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिशलाई उल्टाइदिएपछि साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका मन्त्रीहरूलाई ढाडस दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बितेको छु र चिन्ता गर्नुहुन्छ ?’ भन्नुभएको छ । मलिन अनुहारमा प्रस्तुत भएका मन्त्रीहरूको मनोबल बढाउँदै हौसला दिन उहाँले सबैले सुन्ने गरी त्यहिँबाट शेरबहादुर देउवासँग एकछिन कुराकानीसमेत गर्नुभएको स्रोतले बताएको छ ।
बूढानीलकण्ठबाट देउवाले आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्रै अरुलाई सहयोग गर्न सकिने आशय पटकपटक प्रकट गरिरहेको पृष्ठभूमिमा यता मन्त्रीहरूलाई ढुक्क रहन आश्वासन दिइएको थियो । अदालतको फैसलापछि अब सबैभन्दा पहिले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान हुनेछ । त्यहि क्रममा पुस ५ गते दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुनेछ ।
त्यसभन्दा अगाडि नै बस्ने नेकपा सँसदीय दलको बैठकले ओलीलाई नेताबाट हटाउने छ । पार्टी बिभाजन हुन केन्द्रीय कमिटी र सँसदीय दल दुबैतिर ४०% को साथ मिल्नुपर्ने हुन्छ । पार्टीमा ओली स्पष्ट अल्पमतमा हुनुहुन्छ भने दलमा पनि संख्या पुर्याउन नसक्दा बिभाजनले मान्यता पाउन सक्दैन । यसकारण अब साँसदहरुको तानातान र काङ्ग्रेस फकाउ अभियान शुरु हुने पक्का छ ।
त्यसपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रधानमन्त्री निकट समूह भने अहिलेको सरकारमा काँग्रेसलाई मिसाउने गरी छलफल अघि बढाउने दाउमा देखिन्छ । तर, देउवालाई यही अवस्थामा ओली खेमाको समर्थन लिएर प्रधानमन्त्री बन्न त्यति सहज छैन । जनआस्था मा यो खबर छ