नेता नवीन्द्रराज जोशीलाई बचाउन डाक्टरको निरन्तर प्रयास जारी

काठमाडौं १४ फागुन । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको मस्तिष्टघातपछि अकस्मात गरिएको शल्यक्रियाबाट जोशीको अवस्थामा खासै सुधार नभएको चिकित्सकले बताएका छन् ।

गएराति जोशीको बाँया हात चल्न छोडेपछि परिवारले अकस्मात विर अस्पताल ल्याएका थिए । विर अस्पतालमा सिटी स्क्यान गरेर हेर्दा उनको टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो । अस्पताल ल्याँउदा बोलिरहेका जोशी अकस्मात बोल्न छोडेका थिए । जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेकोले आकस्मिक अपरेसन गरिएको हो ।

जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा। राजीव झाले जोशीलाई हाल भेन्टिलेटरमा राखिएको जानकारी दिए । उनलाई पेसमेकर जोडेर स्वास प्रश्वास गराइएको छ । फोक्सोसम्म पुगेको वान्ता बाहिर निकालिएको डा. झाले बताए । यस्तै एउटा आँखाको नानी फुलेको छ । मृत मानिसको भने दुवै आँखाको नानी फुल्ने उनले उल्लेख गरे ।यस्तो अवस्थामा ६० / ७० प्रतिशतलाई बचाउन नसकिने उपचारमा संलग्न डा झाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close