माल्दिभ्समा प्रेम साट्दै प्रियंका र नायक आयुष्मान

काठमाडौं । नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।

यस्तै, प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । प्रियंका र आयुष्मानको बिहे भएको एक महिना नवित्दै कोरोना महामारीका कारण लकडाउन भएको थियो । यसैले पनि उनीहरुले हनिमुन यात्रा पनि तय गर्न पाएका थिएनन् ।सौर्य दैनिकमा खबर छ ।प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडिसम्म नम्बर १ स्थान ओगटेकी यी सुन्दरीको आज क्रेज खस्किएको छ । तर, सामाजिक संजालमा उनको लोकप्रियता भने घटेको छैन ।्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close