आलियाको नयाँ काम

मुम्बई स् बलिउड अभिनेत्री आलिया भट्ट अहिले आफ्नो फिल्म ‘गंगुबाई काठियावाडी’का कारण चर्चामा छिन्। फिल्मको टिजर सार्वजनिक भएपछि उनको अभिनयको खुलेर तारिफ गर्न थालिएको छ। उनले अभिनयको साथमा नयाँ काम पनि सुरु गरेकी छन्।

आलियाले आफ्नो नयाँ प्रोडक्सन हाउस सुरु गरेकी हुन्। उनको प्रोडक्सन हाउसको नाम ‘इटरनल सनसाइन’ राखिएको छ। यसका लागि उनले मुम्बईमा निकै ठूलो कार्यालय खोलेकी छन्। उनले सोसल मिडियामार्फत यसको जानकारी गराएकी हुन्।अन्नपुर्ण पोष्टमा खबर छ । उनले फोटो सेयर गर्दै लेखेकी छन्, ‘सनसाइन।’ उनले धेरै पहिलेदेखि आफ्नो प्रोडक्सन हाउस खोल्ने योजना बनाएकी थिइन्। यो हाउसमार्फत उनी निर्माता बन्दै छिन्।

आलियाले फिल्मी करिअरको सुरुवात बालकलाकारका रूपमा गरेकी हुन्। फिल्म ‘संघर्ष’बाट उनको अभिनय यात्रा सुरु भएको हो। यसमा उनी बाल्यकालकी प्रीति जिन्टा बनेकी थिइन्। मुख्य अभिनेत्रीका रूपमा उनको करिअरको सुरुवात करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ दी इयर’बाट भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close