अमेरिकी सरकार द्वारा राजदुत डा खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’ हस्तान्तरण

विजय थापा ,डिसी । अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदुत डा युवराज खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’(लक्ष्मी नारायण)को मूर्ति हस्तान्तरण गरेको छ ।

राजदुत डा खतिवडालाई वासुदेव-कमलाजाको मुर्ति अमेरिकी सरकारका प्रतिनिधि तथा एफबिआइका उप सहायक निर्देशक टिमोथी एन डनह्यामले दुताबासमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

३५ वर्षदेखि हराइरहेको मूर्ति टेक्सस राज्यको ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनीमा देखिएको थियो । त्यसपछि पुरातत्त्वका अध्येताहरूले अन्तर्राष्ट्रिय तहमा सरोकार राख्न थालेका थिए ।

चोरिएर अमेरिका पुगेको मूर्तिबारे सूचना दिने न्युयोर्कस्थित जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनका अनुसार डल्लास संग्रहालयले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो । तर त्यसका लागि संग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन मागेका थिए ।

उक्त मूर्ति पाटन मन्दिरको हो भने १९९० (२०४६ )साल देखि नै ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनी गरि रहेको थियो ।मूर्ति हस्तान्तरण कार्यक्रममा राजदुत डा खतिवडाले अमेरिकी सरकारको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरे । साथै त्यहाँ आमन्त्रित गरिएका संचार माध्यम,बिशेष व्यक्तित्वहरु ,अमेरिकी विदेश मन्त्रालय ,अमेरिकी दुतावास काठमाडौँ, ड्यालस म्युजियम अफ आर्टम ,मूर्ति फिर्ता गर्न भूमिका निर्वाह गर्ने सँस्था सबैलाई बिशेष धन्यबाद दिएका छन् । राजदुत डा खतिवडाले नेपालको छोटो परिचय समेत दिएका थिए ।

अमेरिकी विदेश विभागका मुख्य उप सहायक सचिव एर्भिन मासिङ्गाले हस्तान्तरण गर्न पाउदा हर्ष व्यक्त गरे । उनले नेपालको सांस्कृतिक पैतृकधन(हेरिटेज)लाई संरक्षण र रक्षा गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close