मङ्गल ग्रह : नासाको पर्सिभिअरन्स रोभरले पठाएका मनमोहक तस्बिरहरू

काठमाडौँ । नासाको पर्सिभिअरन्स रोभर पृथ्वीबाट सात महिना यात्रा गरेर मङ्गल ग्रहमा १८ फेब्रुअरीका दिन जीएमटी २०स्५५ मा अवतरण गरेको थियो। त्यसयता अवतरण गरेको स्थान जेजेरो क्रेटरबाट उक्त रोभरले कैयौँ अद्‌भुत तस्बिरहरू पठाएको छ।विगतमा मङ्गल ग्रहमा रहेको ठानिएको सूक्ष्मजीवाणुको जीवाशेष खोजी गर्ने क्रममा पर्सिभिअरन्सले पठाएका तस्बिरबाट छानिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ जसले मङ्गल ग्रहको भूगर्भ, पूर्वमौसम र मङ्गल ग्रहको चट्टान देखाउँछन्।

पर्सिभिअरन्स्मा अत्याधुनिक वैज्ञानिक उपकरणहरू जडिएका छन्। ती उपकरणले त्यहाँको भौगर्भिक बनोट, वायुमण्डल र वातावरणीय स्थितिबारे सूचना सङ्कलन गर्नेछ। यो तस्बिर खिच्ने क्यामरा रोभरको माथिल्लो भागमा जडिएको छ। यो रोभरमा जडेको जूम गर्न मिल्ने क्यामेराले खिचेको पहिलो ३६० डीग्री प्यानोरामा तस्बिर हो। यो तस्बिर पृथ्वीमा आइपुगेका १४२ तस्बिर जोडेर बनाइएको हो। बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close