
काठमाडौ । नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने चिकित्सकहरुको भनाइ छ।
स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।
नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा।पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताए। आफ्नो स्वास्थ्यमा खराबी आउनुभन्दा पहिले अस्पताल गई परीक्षण गरेमा मिर्गौला रोगबाट बच्न सकिने उनको भनाई छ।
तर मानिसहरू आफ्नो स्वास्थ्यको हेरचाह नगरी स्वास्थ्य अवस्था बिग्रिसकेपछि मात्र मृर्गौला रोगको उपचारमा जाने गरेका छन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा।श्रेष्ठले बालबालिकाहरूले पनि वर्षको एक पटक मिर्गौला परीक्षण गर्दा रोग लागे नलागेको थाहा हुने बताए।
सिन्धुपाल्चोककी सुनिता केसी ९नाम परिवर्तन० भक्तपुरको क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्थिन्। २२ वर्षीया सुनितालाई केही महिना अघि मात्र अत्याधिक टाउको दुख्ने, आँखा दुख्ने समस्या देखाप¥यो। खप्न नसकेपछि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौला खराब भएको पाइयो।
केही दिन त उनले आँखा पनि देख्न सकिनन्। अहिले उनी नियमित डाइलासिसमा छिन्। आर्थिक अवस्था कमजोर भएका कारण ट्युसन पढाएर पढाइखर्च धान्दै आएकी सुनितालाई डायलासिस धान्न पनि कठिन छ।
सुनिता जस्ता सानै उमेरमा धेरै मानिसको यसरी नै मिर्गौला खराब भइरहेको छ । रक्तचाप मात्र नियमित परीक्षण गरिदिएको भए पनि मिर्गौला बचाउन सकिने चिकित्सकहरुको भनाइ छ। नियमित मिर्गौलाको परीक्षण गर्न पिसाबमा क्रिटिनाईनको मात्रा हेरे पुग्छ।
त्यसको लागि सरकारी अस्पतालमा एकसयदेखि १५० सम्म रुपियाँ खर्च हुन्छ । पछिल्लो केही वर्षमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । उक्त बीमा कार्यक्रम अहिले देशभर ५० जिल्लाभन्दा बढी जिल्लामा कार्यान्वयनमा आइसकेको हुनाले मानिसलाई उपचार गर्न र नियमित स्वास्थ्य परीक्षण गर्न सम्भव छ।
मिर्गौला रोग विशेषज्ञ डा।श्रेष्ठले वर्षमा एक पटक पिसाबको परीक्षण गरे मात्र पनि मिर्गौैला रोगबारे थाहा हुने भन्दै सबैलाई वर्षमा एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिए।
खानपान, रहनसहन, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय यसका रोगी बढेको भन्दै डा।श्रेष्ठले मानिसले आफ्नो स्वास्थ्यको हेरचाह आफै गरे रोगबाट बच्न सकिने बताए। नेपालमा मृर्गौला रोगी बढेसँगै उपचार विधिमा पनि सहज र सुधार आएको छ।
केही वर्ष अघिसम्म नेपालमा मृर्गौला रोगको उपचार तथा प्रत्यारोपण गर्न भारत लगायतका देशमा जानुपर्दथ्यो । अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँचसय भन्दा बढीको प्रत्यारोपण गर्दै आएको छ । केन्द्र बाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुने गरेको छ । वीर अस्पतालमा नियमित मृर्गौला प्रत्यारोपण हुने गरेकोमा हाल स्थगित भएको छ।
नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो भने अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो । त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो । मिर्गौला रोग विशेषज्ञ डा।ऋषिकुमार काफ्लेले नेपालको कुल जनसङ्ख्याको १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गौला रोग लाग्ने गरेको बताए।