
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको पनि स्वास्थ्यमा गम्भिर समस्इा देखा परेको छ । खनाल निकट स्रोतका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएका छन् ।
नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको यसअघि नै थाहा भएता पनि अहिले फेरी समस्या आएपछि झलनाथलाई तत्कालै मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले जनाएको छ ।
आज एमालेको केन्द्रीय समिति वैठकले असन्तुष्ट समूहका चार नेता माधव नेपाल, भिम राव, सुरेन्द्र पाण्डे र घनश्याम भुषाालमाथि स्पष्टिकरण सोध्ने निर्णय हुँदा सो समुहका पहिलो वरियताका नेता खनाललाई भने स्वास्थ्यको कारण देखाउँदै जोगाइएको बताइएको छ ।