नेपालमा पनि फेरी कोरोना बढेसँगै शर्तकता अपनाउँदै सरकारले भन्यो घर परिवारसँग मिलेर मात्र होली मनाउँ, बाहिर ननिस्किउँ

काठमाडौं ११ चैत । कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष पनि होली पर्व घरमै मनाउन अपिल गरेको छ । छिमेकी राष्ट्र भारतमा बढ्दै गएको कोरोना संक्रमण र भारतबाट दिनहुँ आउने मानिसको संख्याबढेकाले आवश्यक परे लकडाउन समेत गर्न सकिने भन्दै मन्त्रालयले आज बुधबार प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

मन्त्रालयका सह९प्रवक्ता डा। समिर अधिकारीले संक्रमण बढेकाले भीडभाड नगर्न तथा होली घरमै मनाउन अपिल गरेको हो । आजै गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close