
काठमाडौँ १२ चैत । नेकपा एमालेको नेपाल समुहले केन्द्रिय समितिको बैठक बोलाएको छ। यति बेला पार्टी अप्ठयारोमा परेकाले कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल गर्न बैठक बोलाएको हो । बैठकमा राजधानीमा भएका सबै नेताहरुलाई बोलाइएको बुझिएको छ । बैठक भोली शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले बोलाएको केन्द्रिय बैठकमा नेपाल समुह सहभागी भएका थिएनन् । उक्त बैठकले नेपाल सहितका चार नेताहरुलाई पार्टी विपरित काम गरेको भन्दै स्पष्टिकरण समेत मागेको थियो ।