किरण र अस्मिताको ‘ब्रेकअप’मा पुष्प, वर्षा, बले र आँचलको अभिनय

काठमाडौं । सरोज ओली र अस्तिमा अधिकारीको गीत ‘माया गरौँला’लाई दर्शक र स्रोताहरुले रुचाएपछि यसको दोस्रो भाग सार्वजनिक गरिएको छ ।

करिब ७ महिना अगाडि सार्वजनिक ’माया गरौँला’ गीतले दर्शकले रुचाएपछि ’माया गरौँला २ (ब्रेकअप)’ रिलिज गरिएको हो ।किरण भुजेल र समीक्षा अधिकारीको आवाजमा रहेको यस गीतमा तिलक चन्दको शब्द सृजना र कृष्ण भारद्वाजको संगीत रहेको छ। गीतलाई जीवन बडूले एरेन्ज गरेका छन् ।

सरोज ओलीको निर्देशन रहेको उक्त गीतको भिडिओमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ’बले’ र आँचल शर्मालाई फिचरिङ गरिएको छ ।

बिक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको गीतको भिडिओलाई नवराज उप्रेती र उनको टिमले खिचेका छन्। भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close