
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर चलचित्र ‘चालबाज’ मा दोहोरो भूमिकामा देखिने भएकी छन् । निर्माता भुषण कुमार र अहमेद खानले निर्माण गर्ने यो चलचित्रमा उनले पहिलो पटक दोहोरो भूमिका निर्वाह गर्न लागेकी हुन् । पंकज पारासरको निर्देशनमा बन्ने यो चलचित्रलाई टि–सिरिज र डल इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो चलचित्रलाई लिएर अभिनेत्री श्रद्धा निकै उत्साहित छन् । निर्देशक पंकजले सन् १९८९ मा अभिनेत्री श्रीदेवीलाई मुख्य भूमिकामा राखेर ‘चालबाज’ कै निर्देशन गरेका थिए ।
अभिनेत्री श्रद्धाले यो चलचित्रका लागि निर्माण पक्षले मलाई छनोट गरेकोमा आफूलाई भाग्यमानी ठानेको जनाइन् । उनले भारतीय सञ्चार माध्यमसँग भनिन्, ‘चलचित्रमा दोहोरो भूमिका मेरा लागि निकै चुनौतीपूर्ण नै छ ।सौर्य दैनिकमा खबर छ । तर, पंकज सरजस्तो निर्देशकसँग काम गर्न पाउँदा म निकै उत्साहित छु ।’ निर्देशक पंकजले समेत अभिनेत्री श्रद्धाको प्रशंसा गर्दै भनेका छन्, ‘पर्दामा श्रद्धाले अभिनयको जादु छर्ने विश्वास लिएको छु ।’ उनले श्रद्धालाई दोहोरो भूमिकामा देख्न पाउँदा दर्शकमा उत्साह थपिने जिकिर गरे ।