‘माइतीघर–२’ मा अनमोल फाइनल

काठमाडौं । नेपाली कथानक चलचित्र ‘माइतीघर–२’ निर्माण हुने भएको छ । दि सुपर काजोल फिल्मसले निर्माण गर्न लागेको उक्त चलचित्रमा अभिनेता अनमोल केसीको प्रमुख भूमिका निर्वाह गर्ने पक्का भएको छ ।

अभिनेता तथा निर्माता भुवन केसीले यो चलचित्र आफ्नो ब्यानरमा दर्ता गरेका छन् । निर्माण पक्षका अनुसार चलचित्रको कथावस्तु तयार भइसकेको छ । निर्माता तथा अभिनेता केसीले ‘माइतीघर–२’ र ‘पारस’ मध्ये कुन चलचित्र पहिले बनाउने भन्ने निधो नभएको बताए । यो चलचित्रलाई सुवोध चोपडाले निर्देशन गर्ने जनाइएको छ ।सौर्य दैनिकमा खबर छ ।

अनमोलको मुख्य भूमिका रहने यस चलचित्रको नायिका भने टुंगो लागिसकेको छैन । नयाँ वर्ष सुरु भएलगत्तै छायांकन गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेलिने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ । कोरोना कहरको जोखिम कम भएमा पारस र माइतीघर–२ मध्ये कुनै एउटा चलचित्रको छायांकन गरिने निर्माता केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close