रेस्लर अस्मिता जुरेलीको समूहले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने

काठमाडौं । रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले नयाँवर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएका छन् । यो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

रेस्लर तथा कलाकार जुरेलीका अनुसार प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरको सहभागिता हुनेछ ।‘प्रतियोगितामा यी देशका झण्डै १५ रेस्लर सहभागी हुँदैछन् । अहिलेको कोभिडको विषम परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौं’, अस्मिताले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close