प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १ गते बुधबार ठमेलको छाँयासेन्टरमा रहेको प्लेब्वाई लन्च एण्ड क्लबमा आयोजना हुन लागेको ‘द मंगोलियन शो’ कार्यक्रममा उनले गीतसंगीतबाट सबैलाई नचाउने भएका हुन् ।

कार्यक्रममा राजुले ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’लगायत नयाँ तथा पुराना थुपै्र गीतहरु राख्नेछन् । कार्यक्रममा लामाले दर्शकको फर्माइसमा समेत गीत गाउने बताइएको छ ।राजधानि दैनिकमा खबर छ ।

नेपाली चलचित्र र गीतसंगीत क्षेत्रका थुप्रै कलाकारको समेत सहभागीता रहने कार्यक्रम नयाँ बर्षमा दर्शकलाई मनोरन्जन दिने उदेश्यले आयोजा गर्न लागेको लन्चका संचालक अमित पौडेलले बताए । हस्पिटालीटी, पार्कीङलगायत बिभिन्न सुबिधा समेत रहेको लन्चमा मंगलोलियन हर्टको प्रस्तुति रहने भएपनि टेबुल बुकिङ समेत हुन थालेको पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close