अब जनताको बीचमा घुलमिल हुनुपर्छ भन्दै नेपाली सेनाले थाल्यो यस्तो तयारी

नेपाली जनताले बाह्य दुश्मनसँग आफ्ना सेनासँगै मिलेर भि’ड्नुपर्ने दिन आउला, नआउला वा कहिले आउला ? कुनै टुंगो छैन । तर, सेनाचाहिँ जस्तोसुकै अवस्थाको निम्ति पनि तयारीको मानसिकताका साथ सामूहिक अभ्यासमा जुटिसकेको छ ।

सन् १९७५ मा ५८ हजार अमेरिकी सेनाको ज्या न जाने गरी भियतनाममा भएको यु’द्धमा झैँ जनतासँग मिलेर यु’द्ध गर्ने अभ्यासतर्फ अहिले नेपाली सेना अग्रसर भएको हो । नयाँ सुरक्षा नीतिअनुसार माटो सुहाउँदो संरचना खडा गर्ने काममा नेपाली सेना अग्रसर छ ।

‘थ्री प्लस वन’ (तीन बराबर एक) को कमाण्ड बनाउने योजनाअनुसार विभिन्न तीन पृतना गाभेर एउटा–एउटा बनाउने कामको कागजी तयारी पूरा भएको छ । आउँदो आर्थिक वर्ष हुने बजेट विनियोजनलगत्तै त्यो योजना कार्यान्वयन पनि हुँदैछ । यस्तो गर्दा विद्यमान पृतना मुख्यालयको संरचनालाई कोशी, गण्डकी र कर्णालीमा परिणत गरिनेछ ।

यसअनुसार, मध्यपूर्वी पृतनाअन्तर्गत सिरहाको भिमानमा हेलिकोप्टर र ह तियारको व्यापक संयोजन र जनतासँग मिलेर विदेशीसँग ल डिने ल’डाइँको अभ्यास चलेको हो ।

भिमान, बर्दिबास आसपासका जंगलमा गतहप्ता नेपाली सेनाका चार हजार जनाले गु’प्त अभ्यास गरेका छन् । यो रणनीतिअनुसार विदेशीसँग ल’डाइँ ग’र्नुपर्ने अवस्था आएमा हा’त–ह’तियार, बन्दोबस्तीका सामानदेखि सैनिक ल’डाकुसमेत जनताको बीचमा घुलमिल हुनुपर्छ । यो भनेको विदेशी फौजले सेना हुन् कि सर्वसाधारण पत्तो नपाउने गरी यु’द्धमा सामेल हुने नीति हो । आजकोजनआस्थासाप्ताहिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close