कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि उठाउन आग्रह गर्दै प्रचण्डले भने षड्यन्त्रकारीलाई छाडिन्न

काठमाडौं १ बैशाख । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०७८को शुभकामना सन्देश सहित नेपालमा नयाँ सरकारको खाँचो भएको बताएका छन् । आज बुधबार शुभकामना शन्देश सहित अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको बताएका हुन् ।

नयाँ वर्षले नेपाली मौलिकता सहितको समाजवादको लक्ष्यमा नयाँ उमंग्ग उल्लास र हौसलाका साथ अगाडी बढ्न प्रेरणा दियोस् भन्दै प्रचण्डले देश विदेशमा रहेक सम्पुर्ण नेपालीहरुलाई शुभकामना शन्देस दिएका छन् । प्रतिगामी प्रतिक्रियावादीहरुले कम्युनिष्ट एकतालाई षड्यन्त्रपुर्वक ढंगले विभाजन गरेको समेत प्रचण्डले आरोप लगाएका छन् । उनले भनेका छन्,प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close