
काठमाडौं । पछिल्लो चौबीस घण्टामा ५३४ जना कोभिड १९ सं क्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १५२ वटा नमूनाको परीक्षण गरिएकोमा ५३४ जनाको नतिजा पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
त्यस्तै चौबीस घण्टामा १५७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा कोभिड १९ का कारण ५ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृ त्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।