पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ५१ जनामा देखियो कोरोना

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ ।

२४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै एक हजार ५१ जनामा सङ्क्रमण देखिएको छ । काठमाण्डौमा सात सय ८६, ललितपुरमा एक सय ८१ र भक्तपुरमा ८४ जनामा कोरोना पुष्टि भएको हो ।नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पनि १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close