
काठमाडौँ । नेपालमा कोरोनाले भयाभह अवस्था निम्त्याउँदै गएको छ । कोरोना महामारीले ढपक्कै ढाकेको बाँकेमा अवस्था विकराल बन्दै गएको छ । यसैबिच बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमाका ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीलाई कोरोना भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। अस्पताल प्रशासनले एक सुचना नै प्रकाशित गरेर वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गरेको जनाएको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खजुरामा कार्यरत कर्मचारीहरूको पीसिआर टेष्ट गर्दा पीसिआर टेष्ट गर्दा अधिकांशमा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा टेष्ट गरेकामध्ये ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीहरूको पीसिआर रिपोर्ट पोजेटिभ आएको छ’, जारी सूचना भनिएको छ । अस्पतालले बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ ।