नायिका सुपुष्पा र निर्माता रौनकविक्रम गरे इन्गेजमेन्ट

काठमाडौं–अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनकविक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छन् । विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेका भट्ट कँडेलसँग इन्गेजमेन्ट गरेका हुन् । शुक्रबार इन्गेजमेन्टको तयारी गरिए पनि बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागु गरिएपछि दुई दिन अघि नै टिकाटालोको काम पुरा गरेका हुन् ।

फिल्म ‘रणवीर’बाट अभिनयमा पाइला चालेकी सुपुष्पमाले फिल्म ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’मा अभिनय गरेकी छन् । फिल्म ‘चपली हाइट ३’ रिलिजको पर्खाइमा छ ।

निर्माता रौनकले ‘कबड्डी’ जस्तो सफल फिल्म निर्माण गरेका छन् । उनी ‘झोले २’का निर्माता पनि हुन् । रौनक नयाँ फिल्म ‘ब्रम्हजंग’ बनाउने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close