‘माया बैगुनी’ मा दिलिप र उर्मिला

काठमाडौं । गायिका उर्मिला लाम्गादेको आवाज रहेको ‘माया बैगुनी’ गीत सार्वजनिक भएको छ । प्रेमप्रेमिका सम्बन्धलाई देखाइएको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा गायिका लाम्गादे र अभिनेता दिलिप रायमाझीबीचको प्रेम र आकर्षणलाई देखाइएको छ । प्रज्वल पन्तको छायांकन रहेको गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा तयार पारिएको भिडियोलाई बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close