गायक प्रशान्त तामाङलाई मातृशोक

काठमाडौं । अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा उनकी आमा रूपा तामाङको निधन भएको हो । आमाको निधनपछि उनले आप्नो फेसबुकमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ, हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा, आई लभ यू ।’

प्रशान्तले गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका थिए । उनले नेपाल बस्ने क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रेकर्डसमेत गराएका थिए ।

‘इन्डियन आइडल ३’ को बिजेता भएपछि उनले दर्जनौं नेपाली गीतमा आवाज दिएका छन् । साथै प्रशान्तले ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close