चलचित्र ‘प्रेमगञ्ज’मा अभिनेत्री बेनिशा हमाल फाइनल

काठमाडौं । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने चलचित्र ‘प्रेमगञ्ज’ को छायांकन सुरु गरिएको छ । काभ्रेबाट छायांकन सुरु गरिएको यस चलचित्रको निर्देशन परिच्छेद सेनले गर्दैछन् ।

चलचित्रमा अभिनेत्री बेनिशाका साथै तेज गिरी, सिमरन खड्का, सुप्रिया खनाल, आयुषी ढकाल, राइडर प्रशान्त लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र काभ्रेपछि काठमाडौंमा पनि छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । सञ्जय लामाको छायांकन रहने यो चलचित्रका निर्माता राजु फुयाल निर्माता हुन् भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close