एमालेको उपहार ‘गुन्डा’ लाई मन्त्री

काठमाडौं । गुण्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल भोगेका गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्ति गरेपछि चौतर्फीरुपमा एमाले र गुरुङको विरोध भएको छ ।

गुन्डागर्दीमा चर्चा कमाएका मनाङेको अपराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो। ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरक(फरक स्थानविशेषमा गुन्डागर्दीमा राज गर्दै आएका थिए ।

चक्रे मिलन सुरुदेखि नै एमालेसँग निकट भएर गुन्डागर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, संघीय समाजवादीहुँदै एमाले प्रवेश गरेका हुन् ।

०५०र५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेष्टुरेन्ट खोल्न थालेपछि मनाङेको दादागीरि सुरु भएको थियो ।

हप्ता असुल्ने, धम्क्याउने र कवाडी संकलन उनको प्रमुख पेसा थियो । उनको आपराधिक यात्रामा चक्रे मिलनबाहेक अरु कोही प्रतिस्पर्धी नदेखिएपछि उनीहरुले क्षेत्र बाँडेर गुन्डागर्दी गर्न थाले ।

होटल, रेस्टुरेन्ट, बारमा कहीँ कतै भेट भयो भने ग्याङ फाइट पर्ने गरेको थियो । ०६८ सालमा भूमिगतजस्तै भएका मनाङेलाई धेरैपटक प्रहरीले पक्राउ गर्दै मुद्दा चलाएको थियो ।

प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रेड नोटिस पनि जारी गरेको थियो । मनाङेविरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोृगमासम्पति शुद्धीकरण विभागले विशेष अदालतमा मुघासमेत चलाएको थियो तर उनले सफाइ पाए ।

करिब २५ वर्षदेखि राजधानीको गुन्डागर्दीमा संलग्न भए पनि उनको देशव्यापी नेटवर्क थियो । अपराधकर्ममा रमाए पनि मनाङे पछिल्लो पटक आफूलाई समाजसेवीका रुपमा चिनाउने गनर्थे । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close