
काठमाडौं १७ वैशाख । नेपालमा पछिल्लो २४ घण्टमा ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।संक्रमित मध्ये काठमाडौंमा २ हजार ४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेकको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३ हजार २४६ पुगेको छ । भने ९ सय ८ जना मात्र कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।