फिल्म जानी नजानीका हिरो मनिषले गरे लामो ग्यापछि कमब्याक, सुन्दरी आरजुसँगको प्रेमको चर्चा

काठमाडौँ । गायक प्रतिक पौडेलको एउटा गीत बोलको भिडियो सार्वजनिक भएको छ । प्रतिककै शब्द, संगीत समावेश गीतको भिडियो बजारमा आए लगत्तै राम्रो चर्चा सुरु भएको हो । भिडियोमा नायक मनिष श्रेष्ठ र सुन्दरी मोडल आरजु बैजुको जिवन्त अभिनय देख्न सकिन्छ । आँफुले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका हुन्छन् ।

जानी नजानी नामक चलचित्रबाट चर्चा कमाएका मनिषले दयाराम दाहालको निर्देशनमा तयार भएको फिल्म रानीबाट ठूलो पर्दामा डेब्यू गरेका हुन् । त्यस्तै आरजुले करिब आधा दर्जन भिडियोमा अभिनय गरिसक्दा मनिषसँगको जोडी निकै सुहाएको निर्देशक शिशिर खाती बताउँछन् ।

करिब ५ दर्जन म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक खाती भन्छन् मनिष र आरजुसँग नयाँ भिडियोमा काम गर्दा निकै रमाइलो भयो । भिडियोमा निर्देशक खातीले एकतर्फी मायामा डुबेका युवकको कथाई रोमान्टिक शैलीमा तयार पारेका छन् । चकलेटी नायक प्रदिप खड्काको चर्चित फिल्म लभ स्टेशनमा तिम्ले हेर्ने जुन, मेरो आँगनिमा कोरियोग्राफीको जिम्मेवारी संहालेका शिशिरले आर्यन सिग्देलको चचहुई, साम्रात्री राज्यलक्ष्मी शाहको तिमी सँगको पनि कोरियोग्रफी गरिसकेका छन् ।

फिल्ममा कोरियोग्राफीका अलावा म्यूजिक भिडियोमा पनि निर्देशन र कोरियोग्राफीलाई एकसाथ अगाडी बढाइरहेका निर्देशक खाती पछिल्लो समयका ब्यस्त म्यूजिक भिडियो निर्देशक पनि हुन् । शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close