तिब्र गतिमा महामारी फैलिएसँगै आजबाट आन्तरिक उडान पनि बन्द गर्ने तयारी

काठमाडौ- कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद बैठकले आइतबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै भारतमा संक्रमण एकदमै छिटो फैलिरहेकोले भारत संगको हवाई उडान समेत बन्द गर्ने निर्णय सरकारले गरेको छ । कोरोना कहर दिन प्रतिदिन बढ्न थालेपछि वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो।

त्यस लगत्तै आन्तरिक हवाई उडान प्रभावित हुदै आएको थियो । आज मात्र नेपालमा ७ हजार भन्दा बढि कोरोनाका नयाँ संक्रमितहरु देखिए पछि अवस्था थप जटिल बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close