चार सय रुपैयाँले बढ्यो सुनको मूल्‍य

काठमाडौं । साताको दोस्रो दिन आज सुनको मूल्‍य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको हो ।आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close