काठमाण्डाै उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्बियाे

काठमाडौं २१ बैशाख । पहिलो चरणको निषेधाज्ञा भोली रातिबाट सकिदै लाग्दा अब फेरि एक साता निषेधाज्ञा थप्ने निणर्य भएको छ ।आज बसेको तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसभन्दा अघि बिहान बेलुका खोल्न दिइएको खाद्य पसलहरु भने अब बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न दिइने बैठकमा निणर्य भएको छ । बैठकले खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ । यस्तै सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्ने तथा बैंकको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने निर्णय गरेको छ ।

बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन् । बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close