पूजा शर्मा र आँचल शर्मासँगै अभिनेता आकाश श्रेष्ठ अभिनीत गीति ‘धारै नखोली’

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीद्वय पूजा शर्मा र आँचल शर्मासँगै अभिनेता आकाश श्रेष्ठ अभिनीत गीति भिडियो सार्वजनिक भएको छ । गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘धारै नखोली’ बोलको गीतमा यी कलाकारलाई फिचरिङ गरिएको हो । त्यस्तै, गीतको भिडियोमा गायक रोशनले समेत अभिनय गरेका छन् ।

दिनेशराज पुरीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोको निर्देशन विधान कार्कीले गरेका छन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close