
काठमाडौं-नायिका स्वेता भट्टराइका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा निधन भएको हो ।
उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएका उनलाई शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार ३ बजे निधन भएको हो । मिलन र स्वेताले ७ बर्ष अगाडि लभ म्यारिज गरेका थिए ।
उनीहरुको एक सन्तान पनि छन् । बिहे पनि स्वेता चलचित्रमा क्षेत्रबाट टाढा भएकी थिइन् । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिकामा काम गरेकी नायिका स्वेताको पतिको निधन पछि मिलनलाई सामाजिक संजालमा चलचित्रकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।