संगीतकार सिएल शर्माको नयाँ गीत ‘माया लाइसक्यो’ बजारमा, चर्चा सुरु

काठमाडौं- गायिका प्रतिमा केसीको पहिलो सांगीतिक कोसेली ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । ‘माया लाइसक्यो’मा प्रतिमालाई प्रविण वेडवालले साथ दिएका छन् । सप्तक म्यूजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गीत किसन सुवेदीले लेखेका हुन भने संगीत सिएल शर्माको छ ।

वीरेन्द्र धामीले निर्देशन गरेको गीत भिडियो पनि उनैले खिचेका हुन्। गीतमा कुशल सिंहको कोरियोग्राफी छ । युवापुस्ताको माया प्रेमको विषय समेटिएको छ । गीत केही अघि नै तयार भएपनि कोरोना महामारीका कारण भिडियो छायांकन रोकिँदा सार्वजनि गर्न ढिलाइ भएको गायिका प्रतिमाले बताइन् ।

‘पहिलो प्रयास भएपनि लामो समयको मेहनत र साधनाले यो कोसेली ल्याएको हुँदा यसबाट निकै उत्साही र आशावादी पनि छु’ प्रतिमाले भनिन् । उनले दर्शक–स्रोतासँग साथ र रहयोगको अपेक्षा पनि गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close