
काठमाडौँ । यतिबेला केपी ओली सरकारका एकपछि अर्को विबादित कदमको चौतर्फी आलोचना भइरहेको छ । केपी ओलीको मन्त्रिपरिषदले जारी गरेको नागरिकता ऐन संसोधन विधेयकलाई विद्या भण्डारीद्वारा जारी गरेसँगै त्रिमूल नेपालका अध्यक्ष भरत दाहालले कडा शब्दमा भत्सना गरेका छन् ।
अध्यक्ष दाहालद्धारा जारी गरिएको विज्ञप्तिमा ओली र बिद्या कदमको घोर भत्सना गर्दै यसले नेपालमा निम्तिने खतराका बारेमा पनि सुसुचित गराइएको छ । जसमा भनिएको छ जस अनुसार कथित जन्मको आधारमा नागरिकता लिएका विदेशीका सन्तानहरुले बंशजका आधारमा नागरकता पाउने छन्।
ईण्डियासंगको सिमाना खुला रहेको, सिमा पारीबाट आउने ईण्डियनहरुको तथ्यांक राख्ने प्रचलन नरहेको, विगत ६० बर्षदेखि देशमा तिब्बती शरणार्थीहरुको ठूलो संख्या रहेको र गुपचप किसिमले रोहिंगाहरुलाई नेपालमा प्रवेश गराईंदै आएको यथार्थतालाई नदेखेझैं गरेर जन्मको आधारमा नागरिकता बाँड्ने र तिनका सन्तानहरुलाई बंशजको आधारमा नागरिकता दिने ऐन बनाउने अपराध विदेशी दलालीको पराकाष्ठा हो। अध्यक्ष दाहालद्धारा जारी गरिएको विज्ञप्ति पढ्नुहोस् जस्ताको त्यस्तै
नागरिकता अध्यादेश नेपाललाई फिलिस्तिन बनाउने षडयन्त्र हो
कुर्सीका लागि अक्षम्य अपराध गर्नेहरुका विरुद्धमा एकजुट होऔं !
केपी ओलीको मन्त्रिपरिषदले जारी गरेको नागरिकता ऐन संसोधन विधेयकलाई विद्या भण्डारीद्वारा जारी गरिएको छ, जस अनुसार कथित जन्मको आधारमा नागरिकता लिएका विदेशीका सन्तानहरुले बंशजका आधारमा नागरकता पाउने छन्। ईण्डियासंगको सिमाना खुला रहेको, सिमा पारीबाट आउने ईण्डियनहरुको तथ्यांक राख्ने प्रचलन नरहेको, विगत ६० बर्षदेखि देशमा तिब्बती शरणार्थीहरुको ठूलो संख्या रहेको र गुपचप किसिमले रोहिंगाहरुलाई नेपालमा प्रवेश गराईंदै आएको यथार्थतालाई नदेखेझैं गरेर जन्मको आधारमा नागरिकता बाँड्ने र तिनका सन्तानहरुलाई बंशजको आधारमा नागरिकता दिने ऐन बनाउने अपराध विदेशी दलालीको पराकाष्ठा हो।यो षडयन्त्र नेपालको भू–राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरुको स्वार्थको लडाईंसंग जोडेर लैजाने रणनीतिको हिस्सा हो। नेपालमा विदेशी जनसंख्या बढाएर नेपालको विखण्डन गरी आफ्नो उद्देश्य अनुरुपको ईलाका निर्माण गर्ने र विदेशीहरुको अधिकारलाई नेपाली नागरिक सरह स्थापित गर्ने योजनाबाट अघि बढाईएको यो रणनीति दरबार हत्याकाण्डसंग जोडिएको एउटा महत्वपूर्ण विषय हो भन्ने यथार्थतामा कुनै संका छैन।
यस्तै विदेशी षडयन्त्रका कारणले फिलिस्तिन, श्रीलंका र फिजी अन्त्यहिन अस्थिरता, अशान्ति र द्वन्दमा फसेका छन्। ४ बर्ष अगाडी नै पश्चिमा संघ–संस्थाहरुले तिब्बती शरणार्थीहरुलाई जन्मको आधारमा नेपाली नागरिकता दिनु पर्ने आवाज उठाईसकेका छन्। यही प्रावधानलाई समातेर रोहिंगाहरुले नेपाली नागरिकता माग गरिसकेका छन्। जन्मको आधारलाई समातेर ईण्डियाले आफ्ना नागरिकहरुलाई बच्चा जन्माउने बेला नेपालका अस्पतालहरुमा पठाउने र जन्म दर्ता गराउने गर्न थालेको १५ बर्ष भैसकेको छ। यसरी नेपालका अस्पतालमा जन्म दर्ता गराईएका ईण्डियनहरुले १६ बर्ष पुगेपछि नेपाली नागरिकताको दाबी गर्नेवाला छन्।
कुर्सीका लागि देशको अस्तित्वसंग खेलवाड गर्ने यस्ता अपराधिहरुबाट आम नेपालीहरु सचेत हुन नसक्नु, अपराधमा लिप्त रहेका दलहरुको पछि लाग्नु र समयमै प्रतिकारमा उत्रन नसक्नु देशको दुर्भाग्य बन्दै गएको छ। देशको सबैभन्दा ठूलो समस्या आयातित नागरिकता हो। १० बर्षपछि यही पंक्तिका आडमा देशमा पृथकतावादी गतिविधिहरु तिब्र हुने छन्। एक मधेश, एक प्रदेशको ईण्डियन नारा पनि यही नागरिकता ऐन पारित भएपछि आएको हो भन्ने इतिहास बिर्सनु हुँदैन।
दलालहरुलाई एक अर्कासंग लडाएर कुर्सी जोगाईदिने आश्वासनमा विदेशीहरुले बारम्बार यस्ता कामहरु कार्यान्वयन गराउँदै आएका छन्। केपी ओलीको हकमा पनि यही कुरा लागु भएको छ। यीनीहरुका बीचका नक्कली विवादको भ्रममा नपरि आम नेपालीहरु नागरिकता षडयन्त्रका विरुद्धमा एकजुट हुन जरुरी भैसकेको छ। अन्यथा आफ्नो देश गुमाएका फिलिस्तिनीहरु आफ्नै देशमा शरणार्थी भएर देश खोजीका लागि बलिदान गरिरहेको अवस्थामा हामी पनि पुग्ने छौं।
भरत दाहाल
अध्यक्ष( त्रिमूल नेपाल