
काठमाडौं । सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा थप ६४९१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ हजार ४८० जनामा परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ । सोमबार ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। आज थपिएका मृतक सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७३८६ रहेको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो केही दिनदेखि लगातार घटेृको संक्रमण सोमबार पनि ह्वात्तै घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।