
मुम्बई : बलिउडकी एक्ट्रेस रिया चक्तवर्तीले बिहीबार आफ्नो २९औं जन्मदिन मनाएकी छन्। उनले जन्मदिनको मौका पारेर एउटा बिरामी बच्चालाई सहयोगसमेत गरेको बताएकी छन्।
उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै उक्त बच्चालाई निको हुने औषधिको १६ करोड पर्ने तथा १–२ जनाको सहयोगले नपुग्ने भएकाले सबैसँग सहयोगको अपिल पनि गरेकी छन्।अन्नपुर्ण पोष्टमा खबर छ ।
उनले डोनेसन लिंक राख्दै अगाडि भनेकी छन्, ‘१६ करोड रुपैयाँ धेरै ठूलो रकम हो, हामी सबै मिलेर सहयोग गर्यौं भने यो बच्चाको ज्यान जोगिनेछ। मैले पनि केही सहयोग गरेकी छु।’
रिया आफ्नो ब्वाइफ्रेन्ड सुशान्त सिंह राजपुतको मृत्युपछि प्रायः चर्चामा रहने गर्छिन्। उनले गरेको यो सहयोगको अपिललाई पनि कसैकसैले आलोचना गरे। आलोचकहरूले बिरामी बच्चालाई आर्थिक सहयोग गरेजस्तो देखाएर राम्रो बन्न खोजेकी हुन्, अरू केही होइन।