घरको बरण्डामा बसेका बाबुछोरालाई एक्कासी चट्याङ लाग्दा बाबुको ज्यान गयो,छोरा घाइते

कञ्चनपुर, २७ असार – चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृ त्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close