
काठमाडौँ –सुनको मूल्य आज घटेको छ। गत हप्ताका अन्तिम दिनमा लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको हो । आज छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै घटेको छ। आज तेजाबी सुन ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ५ ले घटेको । आज चाँदी १३ सय १० रुपैंयाँमा कारोबार भैरहेको छ ।